Breaking News
चितवनका थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ सय नाघ्यो
०

चितवन,भदौं १७-
चितवनका थप ३८ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा चितवनका ३८ सहित ३९ जनामा कोरोना पुष्टि भएको हो ।
भरतपुर महानगरपालिकाका १९ जना,रत्ननगर नगरपालिकाका ८ जना,कालिका नगरपालिकाका ५ जना र माडी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । यस्तै सर्लाहीका १ जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभयो । यो संघ चितवनमा संक्रमितको संख्या ८ सय नाघेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























