Breaking News

चितवनमा कोरोना संक्रमितको संख्या ७५५ पुग्यो, मृतकको संख्या ९

Banner

चितवन, भदौं १४–

चितवनमा पछिल्लो समय दिनप्रतिदिन कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दो छ ।

आज (मंगलबार) साँझ सम्मको तथ्यांक अनुसार चितवनका कुल संक्रमितको संख्या ७५५ पुगेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कुल संक्रमितको संख्या ७५५ पुगेको जानकारी दिए ।

हालसम्म चितवनमा १५ हजार ५६९ स्वाब परीक्षण गरिएको छ । हाल चितवनमा सक्रिय संक्रमितको संख्या भने ५९२ जना रहेका छन् ।

यस्तै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको भरतपुर अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>