Breaking News

गैँडाकोटमा सुन पसल चोरीमा संलग्न ६ जना कारागार चलान

Banner

कावासोती, भदौ १६-

सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका छ जनालाई पुर्पक्षको लागि कारागार चलान गरिएको छ ।

नवलपरासी पूर्व नवलपुरको गैँडाकोट नगरापालिका–५ स्थित सुनचाँदी पसलमा चोरी गरेको आरोपमा पक्राउ परेका उनीहरुलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले बताउनुभयो ।

गैँडाकोट नगरपालिका–५ मा रहेको मोनिका सुनचाँदी पसलबाट ६९ तोला ५ लाल सुन , एक किलो चाँदीका तयारी गरगहना र सात लाख रुपैयाँ नगद चोरी गरेको भन्ने जाहेरीका आधारमा पक्राउ परेका उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

चोरीमा संलग्न सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका –८ का २९ वर्षीय तीर्थबहादुर रुम्बा, काभ्रेपलाञ्चोक धुलीखेल नगरपालिका –८, बस्ने ४० वर्षीय जितबहादुर तामाङ, वाग्लुङ काठेखोला –७, का १९ वर्षीय लालबहादुर कुँवर, दोलखा सैलुङ गाउँपालिका –८, बस्ने २५ वर्षीय अनुज लामा, ४३ वर्षीय वीरबहादुर श्रेष्ठ र ओखलढुंगा मानेभन्ज्याङ –१, बस्ने २२ वर्षीय घनबहादुर आले मगरलाई कारागार चलान गरिएको हो ।

नवलपुर जिल्ला अदालतले तीर्थबहादुर रुम्बा र अनुज लामालाई पूर्पक्षका लागि कारागार चलान, जितबहादुर तामाङ र लालबहादुर कुँवरलाई जनही पाँच लाख रुपैयाँ धरौटी त्यस्तै वीर बहादुर श्रेष्ठ र घन बहादुर आले मगरलाई जनही तीन लाख पचास हजार रुपैयाँ धरौटी माग भएकोमा निजहरुले उक्त धरौटी रकम राख्न नसकेपछि पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक खाँणले जानकारी दिनुभयो । उनीहरु छ जनालाई नवलपरासी पश्चिम कारागारा चलान गरिएको प्रहरी नायव उपरीक्षक खाँणले बताउनुभयो ।

उनीहरुले गत वर्षको फागुन १८ गते सुनचाँदी पसलबाट चोरी गरेका थिए । पसलको सेफ लकर र गरगहना सहित उनीहरुलाई प्रहरीले प्रक्राउ गरेको थियो । उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसुर, संगठित तथा आर्थिक अपराध सम्बन्धी कुसुरमा मुद्दा दायर गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>