Breaking News

त्रिशुली नदीमा एम्बुलेन्स खस्यो, चालकसहित पाँच जना घाइते

Banner

चितवन, भदौं १६–

चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वीराजमार्गबाट एम्बुलेन्स त्रिशुली नदीमा खस्दा पाँच जना घाइते भएका छन् । आज (मंगलबार) विहान ५ः१५ बजेको समयमा पानीधारा भन्ने स्थानबाट त्रिशुली नदीमा एम्बुलेन्स खस्दा सर्लाहीका चार जना र झापाका एक जना घाइते भएका छन् ।

काठमाण्डौबाट बिरामी लिएर सर्लाही तर्फ आई रहेको ना ५ च १०३३ नम्बरको एम्बुलेन्स आफै अनियन्त्रित भई सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

घाइते हुनेमा एम्बुलेन्स चालक झापा गौरीगन्ज गाउँपालिका–१ बस्ने वर्ष २८ का सरोज दाहाल, क्यान्सरका बिरामी सर्लाही बरहथवा नगरपालिका–२ बस्ने वर्ष ५० की दिल मांया राना मगर, सोही स्थानकी १५ की बाधे राना मगर, वर्ष २६ की मेक कुमारी राना मगर, वर्ष ३४ को नरबहादुर मगर रहेका छन् ।

उनीहरु मध्ये एक जनाको अवस्था गम्भिर र चार जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरुको भरतपुरमा उपचार भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>