Breaking News

चितवनका १५ जनासहित थप २० जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौं १५–

चितवनमा आज (सोमबार) थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (सोमबार) राति गरिएको परीक्षणमा चितवनका १५ र अन्य पाँच जना विभिन्न जिल्लाका गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमित मध्ये सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरका मात्रै ६ पुरुष र ५ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु १८ देखि ६५ वर्ष उमेर समूहका छन् । भरतपुर अस्पताल र पुष्पाञ्जलीबाट उनीहरुको स्वाब संकलन गरिएको हो ।
यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकामा फेरि तीन जना थपिएका छन् ।

राप्ती–८ र ९ का २६ वर्षीय पुरुष र २५ वर्षीया दुई जना महिलामा संक्रमण पुष्टि भएको हो । उनीहरुको राप्तीको क्वारेन्टिन र भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । त्यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

त्यसैगरि नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>