चितवन विशेष

चितवनमा ट्राफिक प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री

Banner

चितवन, भदौं १५-

कोरोना भाइरसको संक्रमण विरुद्ध अग्रमोर्चामा परिचालित जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई रोटरी क्लब अफ रत्ननगरले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

सम्पूर्ण प्रहरी कर्मचारीहरुको कोरोनाको संभावित जोखिम र आवश्यक सुरक्षा सतर्कतालाई मध्यनजर गर्दे रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष शिवराज उप्रेतीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई सो सामग्री हस्तान्तरण गर्नु भएको हो । जसमा एन ९५ माक्स १०० थान, मेडिकल माक्स दुई हजार ५०० थान, पञ्जा ५ प्याकेट, स्यानिटाइजर ५ लिटर तथा फेस सिल्ड ३० थान रहेका छन् । ती सामग्री संकलन गर्नमा क्लबका पूर्वअध्यक्ष विपिन पोखरेलले विशेष पहल गरेको क्लबले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>