चितवन विशेष

चितवनकी साहित्यकार अधिकारीको कथा संग्रह‘निर्णय’ प्रकाशित

Banner

चितवन, भदौं १५-

चितवनकी साहित्यकार गायत्री अधिकारीको पहिलो कथा संग्रह‘निर्णय’ प्रकाशित भएर बजारमा आएको छ ।

युरेका बुक्सले प्रकाशित गरेको यस कथा संग्रहमा २३ वटा कथा संग्रहित छन् । भदौंको पहिलो हप्ताबाट बजारमा आएको २०८ पृष्ठको यस पुस्तकका कथाहरु सबै विभिन्न सामाजिक विषयमा आधारित रहेका छन् । साहित्यको विद्यार्थी र शिक्षकको रुपमा विभिन्न साहित्यकारका पुस्तकहरु पढ्दापढ्दै आफू लेखनमा सक्रिय भएको साहित्यकार अधिकारीले नारायणी अनलाइनलाई बताउनु भयो । उहाँले भन्नुभयो, ‘ गत वर्ष नै प्रकाशित गर्ने सोच बनाएको यो पुस्तक कोरोना महामारी र लकडाउनले केही ढिला भयो । पुस्तकलाई औपचारिक कार्यक्रम गरेर विमोचन गराउने सोच भए पनि सम्भव भएन ।’

चितवनको कालिका नगरपालिकाको पदमपुरमा जन्मिनु भएकी अधिकारी विसं २०५८ सालदेखि गीत, कविता र गजल लेखनमा सक्रिय रहँदै आउनु भएको छ । कथाकार अधिकारी नारायणी नमुना माविकी नेपाली विषयकी शिक्षिका पनि हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>