Breaking News

धानबालीमा रोग लागेपछि नवलपुरका किसान चिन्तित, काँचै काटेर वस्तुलाई खुवाउनुपर्ने बाध्यता

Banner

ज्ञानु पंगेनी

कावासोती, भदौं १५-

धानमा बाल लाग्ने समयमा रोग लागेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

नवलपुरमा यस वर्ष लगाएको धानबालीमा ‘राते’ र ‘गबारो’ रोग देखिएको हो । किसानको मुख्य अन्नबालीको रूपमा लिइएको धान खेतीमा रोग देखापरेपछि किसान चिन्तित बनेका हुन् ।

रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानहरूले बताएका छन् ।कावासोती नगरपालिका–१० मगरकोटका किसान सुरेन्द्र चापागाइँले आफ्नो १० कठ्ठामा लगाएको धानखेती सबैमा ‘राते’ रोग लागेको गुनासो गर्नुभयो । मल नराखेर धान रातो भएको होला भन्ने सोच्नुभएका चापागाईंले मल राखेपछि पनि धान झनै बिग्रदै गएको बताउनुभयो ।धान गोडमेल गरेर मल राख्ने बेला मल नपाएर पश्चिम नवलपरासी पुगि मल ल्याएको चापागाइँले बताउनुभयो । ‘सुरुमा मल पाइएन, मल नपुगेर होला रातो भएको भन्यौं , मल राखेपछि पनि बोट नै रातो हँुदै गइरहेको छ’ चापागाइँले भन्नुभयो ।यस वर्ष समयमा नै पानी परेकाले धान समयमै रोप्न पाउदा उत्पादन धेरै हुनेभयो भन्ने आशा राख्नुभएका चापागाइँले धानमा रोग लागेपछि काँचै काटेर वस्तुलाई खुवाउनु बाहेक अरु विकल्प नहुने दुःखेसो पोख्नुभयो ।

मगरकोट आसपासका किसानले लगाएको धान खेतीमा ‘राते’ रोग लागेको छ । अर्का किसान सीता डुम्रेले पनि एक बिघा धान खेतमा ‘राते’ रोग लागेको बताउनुभयो । ‘यसपाली त धान एकदमै राम्रो हुनेभयो भनेको झनै रोग लागेर फल्दै नफल्ने भयो’ डुम्रेले भन्नुभयो । ‘हामी किसानलाई कहिले मलबीउ नपाइने , कहिले रोग लाग्ने सधैभरि समस्यै समस्या पर्छ । ’

देवचुली नगरपालिकाका किसान रामबहादुर सिंजालीको १५ कठ्ठा खेतमा लगाएको धान खेतीमा ‘गबारो’ रोगले धान सखाप पारेको गुनासो गर्नुभयो । ‘यस वर्ष समयमै पानी परेकाले धानको उत्पादन बढ्ने भयो भनि खुसी थिए । तर, गाँज बढिरहेका बेलामा धानको गुबो काटेर सखाप पा¥यो’ सिंजालीले भन्नुभयो ।

अहिले कोरोनाका कारण गुणस्तरीय बीउ, प्रांगारिक मल, रासायनिक मल, अन्य उत्पादन सामग्री र सहजै दक्ष प्राविधिक सेवाको पहुँच नहुँदा मारमा परेको किसानको गुनासो छ । नवलपुरको कावासोती, मध्यबिन्दु, देवचुली र गैँडाकोट नगरपालिका, विनयी त्रिवेणी , हुप्सेकोट र बांैदीकाली गाउँपालिकाका गरी करिब ७०० हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा गबारो रोगले नोक्सान पु¥याएको कृषि ज्ञान केन्द्र नवलपुरकी कार्यालय प्रमुख मीरा चौधरीले जानकारी दिनुभयो । जिल्लाका अधिकांश किसानले गबारोले धान नोक्सान पारेको भनेर गुनासो गरेको चौधरीले बताउनुभयो । गबारोसँगै केही क्षेत्रमा राते रोगले समेत धान नोक्सान पु¥याएको चौधरीले जानकारी दिनुभयो ।

कोरोनाका कारण किसान कार्यालय आउने अवस्था नहुँदा किसानले फोन, सामाजिक सञ्जाल मार्फत् पनि गुनासो व्यक्त गरेको चौधरीले बताउनुभयो । केही नजिकका ठाउँमा अनुगमन समेत गरेर आवश्यक सल्लाह दिने काम गरिएको तर , निषेधाज्ञाका कारण अन्य ठाउँमा पुग्न नसकेको चौधरीले बताउनुभयो । सम्पर्क गर्ने किसानलाई रोग नियन्त्रणका उपायका बारेमा फोन मार्फत् जानकारी गराउने काम गरिरहेको चौधरीले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>