चितवन विशेष

चितवनमा माछा पोखरीमा करेन्ट लागेर दुईको मृत्यु

Banner

चितवन,भदौं १५-

चितवनमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ८ का अन्दाजी ३५ बर्षिय नवराज दराई र अन्दाजी ३५ बर्षकै निर बहादुर रानामगर रहेका छन् । स्थानिय चुडामडी शर्मा लगाएतले संचालन भरतपुर ८ सल्यानी टोलमा गरेको माछा पोखरीको डिलमा राखिएको तारमा करेन्ट लागेर उनिहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुर्य थापाले जानकारी दिनुभयो ।

दैनिक माछा चोरी भएपछि माछापोखरीको डिलमा राखिएको तारमा रातको समयमा करेन्ट छाड्ने गरेको प्रारम्भिक वयान दिएको उहाँले बताउनुभयो । मृतकहरुको साथमा जाल समेत भेटिएको छ । शवको मुचुल्का उठाउने काम भइरहेको र परीक्षणका लागि भरतपुर अस्पताल ल्याइने थापाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>