चितवन विशेष
विद्युत् प्राधिकरण भरतपुरका कर्मचारीमा कोरोना पुष्टि,घरमै बसौं, अनलाइन मार्फत महशुल तिरौं
०

चितवन,भदौं १५-
नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका एक कर्मचारीमा कोरोना पुष्टि भएको छ । एक जना प्राविधिकलाई कोरोना देखिएको केन्द्र प्रमुख इन्जिनियर सुरेशकुमार महतोले जानकारी दिनुभयो । केन्द्र अन्तर्गतको शाखाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि अन्य सबै कर्मचारी होम क्वारेन्टिनमा छन ।
कोरोनाको जोखिम हुँदाहुँदै पनि आइतबारदेखि चितवनका सरकारी कार्यालयले केही समय सेवा दिन थालेका छन् । प्रमुख महतोले आइतबार मात्रै पाँच सय जनाले विद्युत महशुल बुझाएको बताउनुभयो । कार्यालयमा आएर विद्युतको महशुल तिर्दा जोखिम झन् बढ्छ,उहाँले भन्नुभयो,घरमै बसौं अनलाइन मार्फत महशुल तिरौं । उहाँले कार्यालयले सकेसम्म स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहेको बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























