Breaking News

चितवनमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौं १४–

चितवनमा आज (आइतबार) राति थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन् । उनीहरुको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>