Breaking News

कोरोनाबाट चितवनका थप एक जनाको मृत्यु, मृतकको संख्या पाँच पुग्यो

Banner

चितवन, भदौं १४–

चितवनमा आज (आइतबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

भरतपुर–१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–११ का ५२ वर्षीय पुरुषको आज दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । योसंगै चितवनका मात्रै मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

आज मृत्यु भएका पुरुष यही भदौं ४ गते निमोनिया र उच्च ज्वरोको कारण अस्पताल भर्ना भएका थिए । उनको स्वास्थ्यमा श्वासप्रश्वासमा थप जटिलता देखिएपछि कोरोना परीक्षण गरिएको थियो । उनको भदौं ७ गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अस्पतालको सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरको सहायतामा राखेर गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका निर्देशक डा.लम्सालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>