चितवन विशेष

युवा उद्यमीको घुम्ती रक्तदानः चितवनका ४० प्रहरीले दिए रगत

Banner

चितवन,भदौं १४-

चितवनका ४० जना प्रहरीले एकैपटक रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयका प्रहरी अधिकृत तथा जवानहरुले रक्तदान गरेका हुन् ।

युवा उद्यमी मन्च चितवनको संयोजनमा आज रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, नेपाल रेडक्रस सोसाइटिका केन्द्रिय सदस्य तिर्थराज घिमिरे लगाएतको उपस्थिति रहेको थियो ।

मन्चले आजसम्म २६८ पिन्ट रगत संकलन गरेको मन्चका दित्तिय उपाध्यक्ष सुर्यभक्त अधिकारीले जानकारी दिनुभयो । मन्चको आयोजनामा एक सातादेखि निरन्तर टोलटोलमा रक्तदान कार्यक्रम संचालन गरिएको छ । अहिलेसम्म लंकु ,गैडाकोट, गितानगर, नारायणगढ लगाएतका क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरिसकिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>