Breaking News
रत्ननगरका एकै वडाका ३७ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं १३–
पूर्वीचितवनको रत्ननगर नगरपालिकाको एकै वडाका ३७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा रत्ननगर–४ का ३५ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा रत्ननगर–४ का ३५ पुरुष र २ जना महिलामा रहेका छन् । संक्रमित पुरुषहरु १७ देखि ५९ वर्ष उमेर समूहका छन् । यस्तै वडा नं.१० का २९ वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ । केहीदिन अघि रत्ननगर–४ मा रहेको शिवशक्ति खाद्य उद्योगमा कार्यररत १० जनामा संक्रमण पुष्टि भएको थियो ।
सोही उद्योगबाट थप ८० जनाको परीक्षण गर्दा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नारायणी अनलाइनलाई जानकारी दिनुभयो । ती मध्ये ७ जनाको पुनः परीक्षणमा पनि नतिजा पोजिटिभ आएको उहाँले बताउनुभयो । ती सबैलाई सोही उद्योगमा आइसोलेसन बनाएर राखिने उहाँले जानकारी दिनुभयो । एकै ठाउँका धेरै संक्रमित भएकाले सोही ठाउँमा राख्न लागिएको हो ।
























