Breaking News
चितवनमा आज एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन,भदौं १३-
चितवनमा आज (शनिबार) एकैदिन थप ६५ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा सबैभन्दा धेरै रत्ननगर नगरपालिकाका ३८ जना रहेका छन् । प्रयोगशालाका अनुसार रत्ननगर–४ का ३५ पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको छ । संक्रमित पुरुषहरु १७ देखि ५९ वर्ष उमेर समूहका छन् । यस्तै वडा नं.१० का २९ वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।
यसैगरि भरतपुर महानगरपालिकाका २२ जनामा संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै भरतपुर–४ का मात्रै १५ जना रहेका छन् । यस्तै भरतपुर–१० का दुई जना, भरतपुर–२, ६, १४, १९ र १८ का एक/एक जना रहेका छन् ।
यसैगरि राप्ती नगरपालिका–८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
त्यस्तै चितवन बाहिरका पूर्वी नवलपरासी गैंडाकोट–१० का एक जना, तनहुँ भानुका १, रुपन्देही र पाल्पाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

























