चितवन विशेष

चितवनकी कथाकार शर्माको कथा संग्रह ‘ग्रिन टावेल’ बजारमा आउँदै

Banner

चितवन, भदौं १३-

चितवनकी कथाकार शान्ति शर्माको नयाँ कथा संग्रह ‘ग्रिन टावेल’ बजारमा आउँदै छ ।

पुस्तक तयार भए पनि लकडाउनका कारणले सार्वजनिक हुन केही ढिला भएको हो । शिखा बुक्सले प्रकाशन गरेको ३०५ पृष्ठको यस कथा संग्रहमा १५ वटा कथाहरु समेटिएका छन् । सामाजिक विषयवस्तुमा आधारित यस कथा संग्रहमा प्रेम, यौन, वैदेशिक रोजगारीका विषय रहेको कथाकार शान्ति शर्माले नारायणी अनलाइनलाई बताउनु भयो । नेपाली विषयकी प्राध्यापक शर्माले साहित्य विधा अध्ययन गर्दै र अध्यापन गर्दै अगाडि बढ्दा आफूमा पनि लेख्ने उत्साह बढ्नै गएको जानकारी दिनुभयो ।

अक्सफोर्ड कलेज गैँडाकोट र सेन्ट्रल अंग्रेजी स्कुलमा नेपाली विषय पढाउने उहाँको यसअघि पहिलो कथा संग्रह ‘पहिलो प्रेमिका’ सार्वजनिक भइसकेको छ ।  त्यसैगरी उहाँका झण्डै दुई दर्जन बढी कथा विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । उहाँ कथा, कविता र संस्मरण लेखनमा विशेष रुचि राख्नुहुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>