देश/प्रदेश

भाटभटेनीमा ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री

Banner

काठमाडौं, भदौं १३-

बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ ।

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिनुभयो ।
भाटभटेनीले बजार मूल्यभन्दा ४५० रुपैयाँ सस्तो मूल्यमा खसीको मासु बिक्री गरिरहेको छ । गुरुङका अनुसार भाटभटेनीले नेपालगञ्ज र भैरहवाबाट ल्याइएका खसीको मासुको मूल्यमा थोरै मार्जिन राखेर मात्रै बिक्री गरिरहेको हो ।

‘नेपालगञ्जमा ७०० रुपैयाँमा प्रतिकेजी खसीको मासु पाइन्छ, हामीले नेपालगञ्जसँगै भैरहवाबाट पनि ल्याउँदै छौं, त्यसमा थोरै मूल्य राखेर बिक्री गर्दा ग्राहकहरुले सस्तो मूल्यमा खसीको मासु पाउन थालेका छन्,’ उहाँले भन्नुभयो । उहाँका अनुसार भाटभटेनीले गोलभेडा, चिनी र आलु पनि बाहिरबाट सस्तो मूल्यमा ल्याएर बिक्री गरिरहेको जानकारी दिनु भयो ।

बजारमा खसीको मासु बिचौलियाका कारण महंगो भएको भन्दै गुरुङले नेपालगञ्जबाट ल्याएर भए पनि सस्तो मूल्यमा बिक्री गर्न सुरु गरेको बताउनु भयो । उहाँका अनुसार भाटभेटनीका सबै स्टोरबाट ८५० रुपैयाँ केजी मै खसीको मासु किन्न पाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>