Breaking News
चितवनका थप १२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सबै खैरहनीका
०

चितवन, भदौं १३–
चितवनका थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
धुलिखेल कोरोना परीक्षण प्रयोगशालामा गरिएको ३९ वटा नमुना परीक्षणमा १२ जनाको रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनका संक्रमण पुष्टि हुनेमा सबै खैरहनी नगरपालिकाका छन् । जसमध्ये २७ देखि ६५ उमेर समूहका ९ जना पुरुष र २५, ४६ र ४९ वर्षका तीन जना महिला गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै अन्य २७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर प्रयोगशालामा स्वाब थुप्रिएपछि ७५५ वटा नमुना काठमाडौं र धुलिखेल पठाईएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























