Breaking News
चितवन मेडिकल कलेजमा कोरोनाबाट थप एक महिलाको मृत्यु
०

चितवन, भदौं १३–
चितवन मेडिकल कलेजमा थप एक जना महिलाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।
बारा निजगढ–७ बस्ने वर्ष ४७ की महिलाको आज विहान ७ः५३ बजे मृत्यु भएको हो । कोभिड आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला मिर्गौला रोगबाट समस्यामा थिइन् । डायलाइसिस गर्नका लागि ती महिलालाई साउन २७ गते चितवन मेडिकल कलेज ल्याईएको थियो । उनको तीन पटकसम्म डायलाइसिस गरिएको थियो । सोही क्रममा कोरोना परीक्षण गर्दा ती महिला संक्रमण पुष्टि भएको थियो ।
यसअघि पनि हिजो विहान मकवानपुरको हेटौंडा–१९ की ७१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो । हिजो चितवनमा एकैदिन तीन जनाको मृत्यु भएको थियो । जसमध्ये चितवन, मकवानपुर र गोरखाका एक÷एक जना हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























