Breaking News

कोरोना संक्रमित महिलाले भरतपुर अस्पतालमा जन्माइन् जुम्ल्याहा बच्चा

Banner

चितवन,भदौं १२-

भरतपुर अस्पतालमा कोरोना संक्रमित एक महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । गोरखा नगरपालिका वडा नम्बर १० छेपेटार की ३७ बर्षीया महिलाले शल्यक्रिया मार्फत बच्चा जनमाएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

शल्यक्रिया मार्फत जन्मेका जुम्ल्यहा छोरा र आमाको स्वास्थ्य अवस्था समान्य रहेको छ । भदौ ८ गते कोरोना पुष्टि भएकी महिलालाई १० गते अस्पताल भर्ना गरिएको थियो ।

महिलाले जन्माएको बच्चालाई कोरोना नसरोस भन्दै अहिले छुट्टै राखिएको छ । पौडेलका अनुसार आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र भेट्न दिइने छ । अस्पतालमा पछिल्लो एक हप्तामा गर्ववती महिलाको शङ्ख्या बढेपछि कोभिड र नन कोभिड ओटी स्थापना गरिएको छ ।

अस्पतालले यसभन्दा पहिले पनि संक्रमित महिलाको शल्यायक्रिया मार्फत शिशूको जन्म भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>