Breaking News

चितवनमा थप एक साताका लागि निषेधाज्ञा:  के–के खुल्ने ? के–के बन्द हुने ?

Banner

चितवन, भदौ १२

जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निषेधाज्ञाको आज (शुक्रबार) अन्तिम दिन जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘एक साता निषेधाज्ञा थप गरेका छौं ।’

प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज (शुक्रबार) राति १२ बजेदेखि सकिदैछ । यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई आलोपालो संचालन गर्ने दिने निर्णय गरिएको छ । दैनिक केही घण्टा मात्रै भए पनि सरकारी कार्यालय संचालन गर्ने प्रशासनले तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले भट्टराईले नारायणी अनलाइनसंग भने–‘व्यवसायीहरुबाट केही गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, मनी ट्रान्सफरसहित केही खुकुलो बनाउने निर्णय गरेका छौं ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

निषेधाज्ञाका अवधिमा खुल्ने क्षेत्रहरुः

१.अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ८ बजेसम्म पाइने ।

२.आलोपालो  प्रणाली बमोजिम बढीमा ५० प्रतिशत कर्मचारी मात्र उपस्थित हुने गरि सरकारी कार्यलयहरुबाट आन्तरिक कार्य सन्चालन गर्ने ।

.आलोपालो प्रणालि बमोजिम बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरि विहान १० बजेबाट १ बजेसम्म बैंक तथा वित्तिय संस्था (मनिट्रान्सफर र सहकारी) समेत सन्चालन गर्न सकिने ।

बैकको काउन्टर सन्चालन गर्दा सेवा प्रवाहको कोटा निर्धारण तथा टोकन प्रणाली लागु गरि अनावश्यक भिड नियन्त्रण गर्ने र स्वास्थ्य सम्बन्धी न्युनतम मापदण्डको पूर्ण पालाना गर्नु गराउनु पर्ने।

४. उधोग परिषर भित्रै वा निश्चित स्थानमा क्वारेन्टिनको व्यवस्था गरि बाहिर आवतजावत नगर्ने गरि उधोग सन्चालन गर्ने

.पशुपक्षिको दाना,कृषि तथा पशुजन्य उपज र कृषि औजार ओसारपसार विधुत खानेपानी ,टेलिफोन इन्टरनेट लगायत जनउपयोगी सेवा जडान तथा मर्मतका लागि उपकरण सहितको सवारी साधन सन्चालन गर्न सकिने

.लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरु ।

७. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु ।

 ८. स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु ।

बन्द हुने क्षेत्रहरुः

१. अत्यावश्यक सामग्री खरिद गर्न विहान ५ देखि ८ बजे र बेलुका ६ देखि ८ बजेसम्म बाहेक अन्य समयमा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिडडुल गर्न नपाइने।

२. माथि उल्लेखित अतिआवश्यक बाहेकका निजी तथा सार्वजनिक साधन ९दुई पाँग्रे र चार पाँग्रे० सबै संचालन गर्न नपाइने ।

३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसल बाहेक अन्य सबै व्यापार व्यवसाय बन्द हुने ।

४.धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध)लगायत भेला जमघट, हुने कार्यहरु सबै बन्द ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>