Breaking News

चितवनमा एक साता थपियो निषेधाज्ञा,आलोपालो सरकारी कार्यालय र बैंक संचालन हुने

Banner

चितवन, भदौं १२–

जिल्ला प्रशासन कार्यालय चितवनले एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको निषेधाज्ञाको आज (शुक्रबार) अन्तिम दिन जिल्ला प्रशासन कार्यालयले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘एक साता निषेधाज्ञा थप गरेका छौं ।’

प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज (शुक्रबार) राति १२ बजेदेखि सकिदैछ । यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाइएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई आलोपालो संचालन गर्ने दिने निर्णय गरिएको छ । दैनिक केही घण्टा मात्रै भए पनि सरकारी कार्यालय संचालन गर्ने प्रशासनले तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारीले भट्टराईले नारायणी अनलाइनसंग भने–‘व्यवसायीहरुबाट केही गुनासो आएकाले बैंक तथा वित्तिय संस्था, मनी ट्रान्सफरसहित केही खुकुलो बनाउने निर्णय गरेका छौं ।

चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>