Breaking News

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, भदौं १२–

चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको आज (शुक्रबार) विहान ६ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते विहान ९ः३० बजेको समयमा श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

चितवन मेडिकल कलेजमा कोरोनाबाट मृत्यु हुनेमा ती महिला पहिलो व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>