Breaking News

थप १ हजार१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५६९ जना निको भए

Banner

काठमाडौं, भदौ ११-

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार१११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरमा थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २० हजार ७३ पुगेको छ।

यो एकैदिन संक्रमित हुनेमध्येको अहिलेसम्मकै उच्च हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>