Breaking News

कोरोना संक्रमणबाट बिहानै थप चार जनाको मृत्यु

Banner

काठमाडौं, भदौ ११-

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या दैनिक बढ्न थालेको छ। कोरोना संक्रमणका कारण बिहीबार बिहानै एक गर्भवतीसहित थप चार जनाको मृत्यु भएको छ।

आज मृत्यु भएका चारसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय ७९ पुगेको छ। बिहीबार ललितपुर, वीरगञ्ज, बुटवल र पोखरामा गरेर थप चार जनाको मृत्यु भएको हो ।

ललितपुरस्थित पाटन अस्पतालमा बिहीबार बिहानै ललितपुरकै कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ।

त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालमा बिहीबार बिहान ६ बजे बारा घर भएकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ।

अस्पतालका अनुसार उनी ३३ हप्ताकी गर्भवती थिइन्। ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गरेका थिए।

त्यस्तै पोखराकी ३२ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। पोखरा महानगरपालिका-११ निवासी ती महिला कोरोना संक्रमण पुष्टि भएपछि यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी थिइन्।

त्यस्तै रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता दैनिक ८ देखि ११ जनाको ज्यान गइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>