Breaking News

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अबरुद्ध

Banner

चितवन,भदौं ११-

सुख्खा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज विहान ६ः०० बजेको समयमा इच्छाकामना गाँउपालिका ५ स्थित तीन नम्वर पुल पहिरो खसेको हो । सडक अबरुद्ध भएपछि मालबहाक ट्रक र अन्य अत्यावश्यक कामका लागि हिडेका सवारीसाधन रोकिएका छन् ।

पहिरो पन्छाउने काम केहीबेरमा सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक कन्चन तामाङले जानकारी दिनुभयो । उहाँले २/३ घण्टा भित्र सडक सूचारु गरिने बताउनुभयो । गतसाता मात्र सोही ठाँउमा सुख्खा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>