चितवन विशेष

चितवनको ओम अस्पतालमा अप्रेसन गरेर बच्चा जन्माएपछि महिलामा कोरोना पुष्टि

Banner

चितवन,भदौं ११-

चितवनको ओम अस्पतालमा अप्रेसन गरेर सुत्केरी भएकी एक महिलामा कोरोना संक्रमण देखिएको छ । भरतपुर महानगरपालिका– २ क्षेत्रपुरकी २४ बर्षकी महिलालाई भदौ ८ गते प्रसव पीडा भएपछि चिकित्सकहरुले अप्रेशन गरेर प्रसुति सेवा दिएका थिए । चितवन मेडिकल कलेजमा भदौ ७ गते स्वाब दिएकी महिलाको अप्रेशन गरेपछि भदौ ९ गते राति कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका सञ्चालक ओम दवाडीले बिरामीलाई अस्पतालमा सुरक्षित तरिकाले राखिएको बताए । उनलाई अस्पतालको एक बार्ड नै खाली गराएर राखिएको छ ।

दुई जना नर्सहरुले पालैपालो ती महिलाको रेखदेख तथा उपचारमा सहयोग गरिरहेका छन् । अप्रेसनमा संलग्न चिकित्सक डा. विनोद पाठकले महिलालाई ब्यथाले च्यापेर निकै समस्या भइसकेको तर पीसीआरको रिपोर्ट कुर्दा ढिलो हुनसक्ने देखेर तत्कालै अप्रेसन गरिएको बताए ।

‘उहाँमा रगतको प्यारामिटरमा केही समस्या देखेपछि केही न केही शंका त हामीलाई लागेकै थियो, अप्रेसन नगरी नहुने अवस्था पनि थियो, त्यसैले कोरोना पोजेटिभ आउन पनि सक्छ भन्ने ठानेर सावधानीपूर्वक नै अप्रेसन गरेका थियौं’ डा. पाठकले भने, ‘अप्रेसन पनि राम्रो भयो, अहिले आमाको अवस्था सामान्य छ ।’

अहिले महिलाको अवस्था सामान्य छ, कोरोनाको कुनै लक्षण देखिएको छैन । महिलामा कोरोना संक्रमण पुष्टि भएपछि डा.पाठकसहितको टोली होम क्वारेन्टाइनमा बसिरहेको छ । बिरामीसहित उपचार संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीको १२ गतेतिर पीसीआर परीक्षणका लागि स्वाब दिने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>