चितवन विशेष

एकैपटक रत्ननगरका १४ जनामा कोरोना संक्रमण

Banner

चितवन, भदौं १०–

पूर्वीचितवनको रत्ननगरमा पहिलोपटकमा एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा रत्ननगर नगरपालिका वडा नं.४, ९ र १२ का १२ जना पुरुष र २ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमित पुरुषहरु १९ देखि ५३ वर्ष उमेर समूहका छन् भने महिलाहरु २३ र ३४ वर्षीया हुन् । उनीहरु रत्ननगरका क्वारेन्टिनमा रहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>