Breaking News
हेटौंडामा कांग्रेसले तोड्यो निषेधाज्ञा,भिड जम्मा गरेर कार्यक्रम
०

हेटौंडा,भदौं १०-
मकवानपुरको हेटौंडामा नेपाली कांग्रेसले निषेधाज्ञा तोड्दै सार्वजनिक कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरपालिका– ७ चौघडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशको प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले निषेधाज्ञा तोड्ने अभियान सुरु भएको बताए । ‘अब निषेधाज्ञा तोड्ने अभियान मैले सुरु गरेको छु, सामाजिक दुरी कायम गरेर काममा जानुको कुनै विकल्प छैन यसरी लकडाउनको नाम लिएर बसिरह्यो भने आर्थिक मन्दीले जनस्तर समस्यामा पर्ने छ’ उनले भने ।
हेटौंडामा कोरोना संक्रमण बढेको भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर बुधबार गरेको कार्यक्रममा १७१ जना पार्टी प्रवेश गरेको कांग्रेसको दावी छ । निषेधाज्ञाले जनताको जनजीवन अस्तव्यस्त बनाएको भन्दै यसको विकल्प खोज्न जरुरी रहेको नेता बानियाँले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























