चितवन विशेष

पुरानो मेडिकल कलेज र रोटरी क्लब चितवन विच सम्झौता

Banner

चितवन,भदौं १०-

पुरानो मेडिकल कलेज चितवन र रोटरी क्लब अफ चितवन बिच स्वास्थ्य सहकार्यका लागि सम्झौता भएको छ । रोटा वर्ष २०२०/२१ मा मेडिकल कलेज र क्लबको सयुक्त आयोजनामा एक बर्षमा ३ ओटा डेन्टल क्याम्प र कम्तीमा एउटा मेगा हेल्थ क्याम्प आयोजना गर्ने सम्झौता गरिएको छ । सो क्याम्पबाट आएका विरामीलाई कलेजले अधिकमा ५५५ सम्म छुट दिनेछ ।

उक्त सम्झौताले यसबर्ष आर्थिक विपन्न समूहलाई टेवा पुग्ने रोटरी क्लबअफ चितवनका दन्त तथा मुख स्वास्थ्य समिती प्रमुख रो. राजन पियाले बताउनुभयो । निजि क्षेत्रको नेपालकै पुरानो मेडिकल कलेजमा अब रोटरी क्लबद्वारा आयोजित क्याम्पमा आउने सम्पूर्णले अस्पतालका तर्फबाट सेवामा छुट पाउनेछन । पत्रमा अस्पतालका अतिरिक्त निर्देशक डा. मनोहर प्रधान,प्रमुख संचालन अधिकृत डा. सुप्रभात श्रेष्ठ र रोटरी क्लब अफ चितवनका अध्यक्ष रो. रोशन पिया तथा दन्त तथा मुख स्वास्थ्य बिभाग प्रमुख रो. राजन पियाले संयुक्त हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा पूर्व अध्यक्ष रो. चर्द्रमनी श्रेष्ठ, रो.सरद गोपाल न्यान्छो, रो.उत्तम लाल चुके, रो. मनोज बर्नवला, रोट्रयाककातर्फ बाट अध्यक्ष रो. रोशन खरेल, उपाध्यक्ष रोट.प्रभास रोय, सदस्य डा. विकास साहको उपस्थिति थियो । रोटरी क्लब चितवनमा एक कार्यक्रमका बिच उक्त पत्र सार्बजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष पियाले गतबर्ष जस्तै यसबर्ष पनि धेरै समुदायले पुरानो मेडिकल कलेजबाट सहुलियतपुर्ण उपचार सेवा लिने विश्वास व्यक्त गर्नुभयो । देशकै ठूलो आइसियु तथा सुपर स्पेसियलिटी सेवा अस्पतालमास्वास्थ बीमा, कडा रोग, डायलाइसिस सेवा, निशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । क्याम्पबाट रिफरेन्स वार्ड लिएर आउनेहरुलाइ अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय सेवा दिइने निर्देशक डा मनोहर प्रधानले बताउनुभयो । सेवाग्राहीलाई उपचारसेवा लिन सजिलो बनाउन छुट्टै सम्पर्क ब्यक्ती ब्यबस्था गरिने र निशुल्क स्वास्थ्य शिबिरले राम्रो टेवा पुर्याउने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

रोटरी क्लब अफ चितवनले रोट्याक क्लब अफ चितवन र प्रोटेक्ट नेपालको साझेदारीमा सोमबार पुरानो मेडिकल कलेजमा कार्यरत सम्पूर्ण डाक्टरहरू लाई फेस शिल्ड र मास्क वितरण गरेको छ । उक्त उपकरणले अग्रपंक्तिमा कार्यरत सम्पूर्णलाई कोरोना विरुद्ध लड्ने हौसला र सुरक्षा प्रदान गर्ने क्लबका अध्यक्ष रो. रोशन पिया ले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>