देश/प्रदेश
नायिका शिल्पाको ‘जानेबेला’ म्युजिक भिडियो सार्वजनिक
०

चितवन, भदौं १०
नायिका शिल्पा पोखरेलको मोडलिङ रहेको म्युजि भिडियो ‘जानेबेला’ सार्वजनिक भएको छ ।
सेन्टिमेन्टल भर्सनको यस गीतमा गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वर रहेको छ । यस गीतका शब्द राम अविरल बिष्टले लेख्नु भएको हो । राजन तिमिल्सिनाले संगीतवद्ध गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान ( बाबु)ले संगीत संयोजन गर्नु भएको हो ।
चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा स्वयम् गायक भिम श्रेष्ठ र शिल्पा पोखरेल मुख्य भूमिकामा फिचर्ड छन् भने रश्मी भट्ट र बेनिश भण्डारी सहायक भूमिकामा देखिएका छन्। फराज अर्पणको छायांकन , सम्पादन र निर्देशनमा म्युजिक भिडियो तयार पारिएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























