Breaking News

चितवनमा कोरोना संक्रमितको संख्या चार सय नाघ्यो

Banner

चितवन,भदौं १०-

चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार सय नाघेको छ ।

भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणमा बुधबार मात्रै चितवनका ४० जनामा कोरोना पुष्टि भएको हो । भदौ ९ गते परीक्षण भएका २ सय १८ नमुनामध्ये चितवनका ४० सहित ४४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो । तिनमा भरतपुर महानगरपालिकाका २० महिलासहित ३६ जना छन् ।

चितवनकै रत्ननगर नगरपालिकाका दुई महिलासहित तीन जना र खैरहनी नगरपालिकाका एक पुरुषमा संक्रमण देखिएको प्रयोगशालाले निकालेको सुचनामा उल्लेख छ । बाँकी चार जनामा नवलपुर, रुपन्देही, तनहुँ र धनुषाका एक–एक जना छन् । उनीहरुको भरतपुरकै अस्पतालहरूमा स्वाब संकलन भएको थियो ।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले मंगलबार दिउँसो जारी गरेको सूचनामा चितवनमा कुल संक्रमितको संख्या चार सय पुगेको उल्लेख थियो । त्यसपछि राति थपिएका समेत जोड्दा संक्रमितको संख्या ४ सय ४० पुगेको छ । संक्रमितमध्ये १२६ जना मात्रै निको भएर घर फर्केका छन् । चितवनकै तीन जना निधन भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>