कर्पोरेट

एनआईसी एशिया बैंकद्वारा ‘सुपर सिक्स योजना’ सार्वजनिक

Banner

चितवन, भदौं ९-

एनआईसी एशिया बैंकले कोरोना महामारीको समयमा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्नका निम्ति ‘सुपर सिक्स योजना’ सार्वजनिक गरेको छ ।

बैँकले मंगलबार प्रेषित गरेको विज्ञप्ति अनुसार ‘सुपर सिक्स योजना’ अनुरुप ग्राहकले यस बैँकको मोबाइल बैँकिङमार्फत् हप्तामा ६ वटा कारोबार गर्दा छैटौं कारोबार रकमको ६ प्रतिशत वा ५०० रुपैयाँसम्म रकम फिर्ता प्राप्त गर्न सक्ने छन् । यो योजना सोमबारदेखि २७ गतेसम्म गरिएको कारोबारका लागि मात्र मान्य हुने र न्यूनतम १०० सम्मको कारोबार ग्राहक महानुभावहरूले गर्नुपर्ने व्यवस्था रहेको छ ।

डिजिटल बैंकिङ क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको बैँकले १५ हजार बढी क्यूआर मर्चेन्टमार्फत् उत्साहजनक विद्युतीय कारोबार हुँदै आएकोमा कोरोना भाइरसको यस विषम परिस्थितिमा जुनसुकै स्थानबाट जुनसुकै समयमा सम्पूर्ण कारोबार मोबाइल बैंकिङ मार्फत् गर्न ग्राहकलाई प्रोत्साहन लागि यस्तो योजना ल्याएको बैँकले जनाएको छ । ग्राहको सुरक्षाका निमित्त बिजुली एवम् खानेपानीको महसुल, मोबाइल रिचार्ज खरिद, बिमा प्रिमियम भुक्तानी, टेलिभिजनको बिललगायतका घरायसी बिलको जुनसुकै स्थानबाट जुनसुकै समयमा विद्युतीय भुक्तानी गर्न मिल्ने व्यवस्था बैंकले गरेको विज्ञप्तिमा उल्लेख छ । यस योजनामा मोबाइल बैंकिङमार्फत गरिने वालेट लोड, रकम ट्रान्सफर र क्रेडिट कार्ड भुक्तानीलाई समावेश नगरिएको बैँकले उल्लेख गरेको छ ।

बैंकले आफ्ना मोबाइल बैंकिङ वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका दुई हजार ३०० बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको बताएको छ । बैंकले गत आर्थिक वर्षमा मात्रै चार लाख ८४ हजार नयाँ ग्राहक संख्या थप्न सफल भइ कुल २२ लाख ग्राहकमाझ डिजिटल सेवा विस्तार गर्न सफल भएको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>