Breaking News
थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३३ हजार ५३३ पुग्यो
०

काठमाडौं, भदौ ९-
पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार आजसम्ममा नेपालमा ३३ हजार ५३३ पुगेको छ।
आज ११ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई ३१३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























