Breaking News

स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान सुरु गर्न गैरआवासीय नेपालीको माग

Banner

चितवन, भदौं ९-

गैरआवासीय नेपाली संघले उच्च स्वास्थ्य मापदण्ड अपनाएर अन्तर्रााष्ट्रिय उडान नियमित बनाउन माग गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेललाई मंगलबार ज्ञापनपत्र बुझाउँदै संघले सो माग गरेको हो ।

संघका अध्यक्ष कुमार पन्तद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विदेशी मलुकमा अलपत्र परेका र काम नै गुमाएर दैनिक गुजारा गर्नसम्म हम्मे परेका नेपालीको संख्या ठूलो रहेकाले उनीहरुको उद्धार छिटो गर्न माग गरिएको छ । सरकारले विदेशबाट उल्लेख्य संख्याको उद्धार गरे पनि अझै हजारौं नेपाली उतै रोकिएकाले चिन्ता बढेको उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ , ‘अन्तर्राष्ट्रिय उडान पुनः स्थगित गर्ने वा सीमित उद्धार गर्नेजस्ता अस्पष्ट निर्णयले विदेशमा अलपत्र नेपालीको समस्या सम्बोधनमा अझै अनिश्चतता थपेको छ । एकातिर चाटर्ड उडानको अति नै महंगो भाडा तिर्नुपर्ने बाध्यता र अर्काेतिर फर्कन पाउने वा नपाउने भन्ने अन्योलले थप पिरोलेको छ ।’ उच्च स्वास्थ्य सावधानीका मापदण्ड अपनाएर अन्तर्राष्ट्रिय उडान नियमित बनाउन तथा बेखर्ची भएर अलपत्र परेकाहरुलाई वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत उद्धार गर्न समेत संघले सरकारसँग माग गरेको छ । त्यसैगरी गैरआवासिय नेपाली संघले नेपालमा फर्केका नेपालीको व्यवस्थापन, रोजगारीको सुनिश्चितता जस्ता कयौं प्रश्न अझै अनुत्तरित भएको भन्दै चिन्ता पनि व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>