Breaking News

छतबाट खसेर टाउकोमा चोट लागेका कोरोना संक्रमितकाे उपचार नपाउँदा मृत्यु

Banner

भैरहवा, भदौ ९-

छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीका एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार नपाएर मृत्यु भएको छ।

रुपन्देहीको गैडहवा गाउँपालिका-३ का ५० वर्षीय पुरुषको गएराति भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए।

उनको टाउकोमा गम्भीर चोट लागेको देखिएकोले टाउकोको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरुले आफन्तलाई बताएका थिए। तर उनमा कोरोना भाइरसको संक्रमण देखिएपछि उपचार नपाएरै मृत्यु भएको छ।

उनको अपरेसन गर्नुअघि बिहीबार पीसीआर जाँच गर्न स्वाव संकलन गरियो र नेशनल प्याथ ल्याव बुटवलमा पठाइयो। शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ देखिएपछि अस्पतालमा अपरेसन हुन सकेन। उनको कोरोना पुष्टि भएपछि टाउकाको अपरेसन गर्न चिकित्सकहरु हच्किएका परिवारको आरोप छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>