Breaking News

भरतपुर अस्पतालबाट कोरोना संक्रमित भागे

Banner

चितवन, भदौं ९–

चितवनको भरतपुर अस्पालको आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमित भागेका छन् ।

उनलाई राखिएको कोठामा विहान ५ बजेबाट ती पुरुष नरहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय ती पुरुष चोरीको आरोपमा पक्राउ परेका थिए । उनको कोरोना रिपोर्ट पोजिटिभ आएपछि यही भदौं ६ गते उनको श्रीमतीको जमानीमा छाडेर भरतपुर अस्पताल पठाइएको थियो । आज विहानैदेखि अस्पताल नभेटिएपछि उनको खोजी कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

‘कोरोना पोजिटिभ आएपछि जमानीमा छाडेर भरतपुर अस्पताल पठाएको थियौं, आज विहानै भागेपछि खोजी कार्य भइरहेको छ’–प्रवक्ता थापाले नारायणी अनलाइनसंग भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>