Breaking News

काठमाण्डौं उपत्यकाको निषेधाज्ञा १५ भदौसम्म लम्बिने

Banner

काठमाडौं,भदौं ९-

संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका सबै स्थानीय तहले १५ भदौसम्म निषेधाज्ञा लम्ब्याउन जिल्ला प्रशासन कार्यालयहरूलाई सिफारिस गर्ने निर्णय गरेका छन् ।

सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले १५ भदौसम्म अत्याश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो । यसअघि पनि उनीहरूले १० भदौसम्म सेवा बन्द गर्ने निर्णय गरेका थिए । उनीहरूकै सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयहरूले १० भदौसम्म निषेधाज्ञा जारी गरेका थिए । फेरि निषेधाज्ञा थप्न सिफारिस गर्ने निर्णय भएको फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठले बताए ।

त्यस्तै, सबै स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङ र पिसिआर परीक्षणको दायरा फराकिलो बनाउने निर्णय पनि फोरमले गरेको छ । उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>