Breaking News

पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

Banner

काठमाडौं, भदौ ८-

पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।

१३ हजार ७१५ जना संक्रिय संक्रमित रहेको प्रवक्ता गौतमले जानकारी दिए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्। योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या १८ हजार ८०६ पुगेको छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमका अनुसरा उपत्यकाका काठमाडौँमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा कोरोना पुष्टि भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>