Breaking News
चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन, भदौं ७–
चितवनमा आज (आइतबार) राति थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति १० बजेसम्म गरिएको परिक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं.७, ९, १०, ११ र १२ का ५ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।
संक्रमित पुरुषहरु १९ देखि ४२ वर्ष उमेर समूहका छन् भने संक्रमित महिलाहरु ५ वर्षीया बालिकादेखि ५५ वर्ष उमेर समूहका छन् । उनीहरुको भरतपुर महानगरपालिकाको क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।
यसअघि आजै दिउँसो चितवनका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनका ७ जना बाहेक सर्लाही र तनहुँका एक÷एक जनामा संक्रमण पुष्टि भएको थियो । योसंगै चितवनमा आज एकैदिन २१ जनामा संक्रमण पुष्टि भएको छ ।
























