चितवन विशेष

पटिहानीमा भदौं १२ गतेसम्म औषधि बाहेकका सबै पसल बन्द

०
Banner

चितवन, भदौं ७–

चितवनको भरतपुर महानगरपालिका वडा नं.२२ को पटिहानी बजार क्षेत्रमा औषधि पसल बाहेक सम्पूर्ण पसलहरु भदौं १२ गतेसम्मका लागि बन्द गरिएको छ ।

चितवन प्रशासनले निषेधाज्ञा अवधिमा विहान र बेलुका ३ घण्टा अतिआवश्यक पसलहरु संचालन गर्न दिएको थियो । तर पटिहानी क्षेत्रमा समुदायस्तरमै कोरोना फैलिएको भन्दै वडा कार्यालय भरतपुर–२२ ले आज (आइतबार)देखि लागू.हुने गरी पटिहानी बजार क्षेत्रमा पूर्ण रुपमा बजार बन्द गरेको हो ।

वडाध्यक्ष विष्णुराज महतोद्धारा जारी सूचनामा वडा नं.२२ को बजार क्षेत्र बनकट्टा चोकदेखि पटिहानी बजार हुँदै पर्सा चोकसम्म औषधि पसल (फार्मेसी) बाहेक सम्पूर्ण व्यापार, व्यवसाय, बैंक तथा वित्तिय संस्था बन्द गर्न र अनावश्यक हिँडडुल नगर्न वडाबासीलाई आग्रह गरिएको छ ।

शनिबार भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरको स्वास्थ्य संस्थामा कार्यरत एक जना र स्थानीय एउटा मेडिकलमा कार्यरतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>