कर्पोरेट

आईपीभी सिक्स’ मार्फत् तीव्र गतिको इन्टरनेट उपलब्ध गराउँदै क्लासिक टेक

Banner

चितवन, भदौं ७-

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्र्याउँदै आईपीभी सिक्सको प्रयोग सुरु गरेको छ ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक भएको दाबी गरिएको छ । त्यसैगरी विज्ञप्तिमा विगत एक वर्ष अगाडिबाट परीक्षण गरिरहेको तथा हाल तीन महिनादेखि ग्राहकलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको उल्लेख छ । इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र फास्ट बनाउने गरी सबै सेवाग्राहीलाई कम्पनीले आईपीभी सिक्समा लाने गरी काम गरिरहेको हो ।

कम्पनीले जनाए अनुसार अहिलेको अवस्थामा लगभग सबै इलेक्ट्रोनिक उपकरणहरू इन्टरनेटमा जडान गर्न सकिन्छ र तिनीहरूले आईपी एड्रेस प्रयोग गरिरहेका छन् जुन आईपीभी४ इन्टरनेट प्रोटोकल संस्करण ठेगाना हो जसले ३२ बिट इन्टरनेट ठेगाना प्रयोग गर्दछ। यसले २६३२ आईपी ठेगानाहरूका लागि कूल ४.२ अर्ब आईपी एड्रेस भएका डिभाइसहरु मात्र समर्थन प्रदान गर्छ । यो धेरै जस्तो देखिन्छ, तर सबै ४.२ अर्ब आईपी ठेगानाहरू तोकिइसकेका छन् अझ बुझ्ने भाषामा भन्दा सबै आईपीभी४ ठेगानाहरु सकिइसकेका छन् ।

‘हामीले हाम्रो कूल ग्राहकको ८० प्रतिशत ग्राहकको लागि आईपीभी६ प्रयोग गरिसकेका छौं र बाँकी प्रक्रियामा छन्। ग्राहक संख्याको प्रतिशतको आधारमा हेर्दा अन्य इन्टरनेट सेवा प्रदायकहरुको तुलनामा हामी सबैभन्दा धेरै आईपीभी–६ प्रयोग गर्ने कम्पनीमा अगाडि हौं । नयाँ प्रविधिको सपोर्टको रुपमा आएको आईपीभी६ले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजता हुनेछ,’ कम्पनीले भनेको छ ।

आईपीभी६ ठेगानाहरूको संख्या आईपीभी४ ठेगानाहरूको संख्या भन्दा १०२८ गुणा ठूलो रहेको कम्पनीले विज्ञप्तिमा जनाएको छ । त्यसैले त्यहाँ धेरै लामो समयको लागि इन्टरनेट उपकरणहरूको विस्तार गर्न अनुमति दिनका लागि अधिक आईपीभी६ ठेगानाहरू उपलब्ध छन्।
यही विषयलाई ध्यानमा राखेर कम्पनीले आईपीभी सिक्समा आधारित भएर इन्टरनेट सेवादिँदै आएको छ जसले गर्दा क्लासिक टेकको इन्टरनेट सेवा निकै फास्ट र भरपर्दो भएको विज्ञप्तिमा जनाइएको छ । कम्पनी इन्टरनेट सेवा प्रदायकहरुमध्ये सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनी हुन सफल भएको जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>