कृषि

लकडाउनको उपयोग गर्दे भरतपुरको तोरीखेतमा पुष्प खेती सुरु

Banner

चितवन, भदौं ७-

कपास व्यवसायी चन्दना कोइरालाले भरतपुर महानगरपालिका–६ तोरीखेतमा पुष्प खेती सुरु गर्नुभएको छ ।

कोराना महामारीले भएको लकडाउन र निषेधाज्ञाको कारणले सिरक डसनाको व्यवसाय प्रभावित भएपछि वैकल्पिक व्यवसायको रुपमा उहाँले सो खेती सुरु गर्नु भएको हो ।

जम्मा डेढ बिघा जग्गामा खेती गर्ने तयारी गर्नुभएको उहाँले शनिबार १५ कठ्ठा जग्गामा सयपत्री फूल लगाउनु भयो । व्यवसायी कोइरालाले नारायणी अनलाइनलाई भन्नुभयो,‘पोहोर साल तिहारमा १५० रुपैयाँमा पनि एउटा फूलको माला किन्न नपाएपछि मलाई पुष्प व्यवसाय गर्न मन लागेको थियो । ’ भारतबाट आयातित माला महंगोमा किन्नुपर्ने बाध्यता हटाउन सकिन्छ कि भनेर पहल गरेको उहाँले बताउनु भयो ।
कोइरालाको भरतपुर महानगरपालिका– ८ धारेचोकमा प्रकृति कपास उद्योग रहेको छ । लकडाउनले उद्योगका कामदारहरुले काम नपाएपछि जनशक्तिलाई वैकल्पिक व्यवसायमा लगाएको उहाँले नारायणी अनलाइनलाई बताउनुभयो ।उहाँले तोरीखेतको १० कठ्ठा आफ्नो जग्गासँगै थप १५ कठ्ठा जग्गा वार्षिक ८० हजार तिर्ने गरी भाडामा लिनुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>