Breaking News

नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीको तलब १० हजार बढेर आउने

Banner

काठमाडौं, भदौ ७-

नेपाली राष्ट्रिय टिमका क्रिकेट खेलाडीको १० हजारका दरले बढेर तलब आउने भएको छ । सन् २०१९ मा पाउने तलमा १० हजार बढेर आउने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नै राष्ट्रिय टिमका खेलाडीहरुले तलब दिने गरेको थियो । तर उनीरूले २०१९ देखि तलब पाएका छैनन् ।

निम्लम्बन फुकुवा भएपछि क्यानले २०१९ मा खेलाडीले पाउने तलबमा १० हजारका दरले बढाएर पठाउन प्रस्ताव गरेको थियो ।

यसअघि ए ग्रेडमा रहेका खेलाडीले ३५ हजार, बी ग्रेडमा रहेकाले २५ हजार र सी ग्रेडमा रहेकाले १५ हजार पाउँदै आएका थिए ।

अब ए ग्रेडमा पर्नेले ४५ हजार, बी ग्रेडमा पर्नेले ३५ हजार र सी ग्रेडमा पर्नेले २५ हजार तलब पाउनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>