Breaking News
वीरगञ्जमा थप एक जनाको मृत्यु, मृतकको संख्या ३७ पुग्यो
०

वीरगञ्ज, भदौं ७–
प्रदेश २ को पर्सा जिल्लास्थित वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको ज्यान गएको छ ।
वीरगञ्ज महानगरपालिका–११ बस्ने ५६ वर्षीया महिलाको मृत्यु शनिबार राति ज्यान गएको हो ।
योसँगै वीरगञ्जमा कोरोना संक्रममणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
नारायणी अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा ती महिलाको शनिबार बेलुकी साढे ७ बजे निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । गत साउन २२ गते स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
थाइराइडको विरामी उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो । पछिल्लो १२ घण्टा भेन्टिलेटरमा राखिए पनि उनलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























