Breaking News
चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
०

चितवन, भदौं ६–
चितवनमा आज (शनिबार) कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर–१०, स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको आज (शनिबार) साँझ ७ः२६ बजे मृत्यु भएको हो ।
ती महिलाको मृत्यु भएसंगै आजै साँझ कोरोना रिपोर्ट पोजिटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ती महिलाको पुरानो मेडिकल कलेजबाट भदौं १ गते नै स्वाब संकलन गरि परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला पठाईएको थियो । तर रिपोर्ट नआउँदै तस् महिलाको साँझ मृत्यु भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























