चितवन विशेष

जन्मदिनमा व्यवसायी पण्डिद्धारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

०
Banner

चितवन, भदौं ६–

शैक्षिक परामर्श व्यवसायी एवंम शुक्रराज ट्रपिकल तथा सरुवा रोग विकास समितिको पूर्व सदस्य प्रदिपचन्द्र पण्डिले आफ्नो जन्मदिनमा प्रहरीलाई स्वास्थ्य उपकरण सहयोग गरेका छन् ।

गीतानगर–५, चितवन निवासी पण्डिले आज आफ्नो जन्मदिनको अवसर पारेर इलाका प्रहरी कार्यालय गीतानगरमा रहेका प्रहरीका लागि केएन ९५ मास्क, सर्जिकल मास्क, ह्याण्ड स्यानिटाइजर, टेबल स्यानिटाइजर, स्पे इलेक्ट्रिक मेसिन सहयोग गरेका हुन् ।

कोभिड–१९ को महामारी नेपालमा तीव्र रुपमा फैलिरहेको बेलामा अग्रभागमा रहेर सुरक्षामा खटिएका प्रहरीलाई सहज होस् भन्ने हेतुले सानो सहयोग गरिएको बताए । पण्डिले यसअघि पनि प्रहरीको सुरक्षाका लागि भन्दै स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आइरहेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>