Breaking News
पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार नाघ्यो
०

काठमाडौं, भदौ ६–
नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले शनिबार १३६ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।
पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण गरिएको छ। हाल देशभर ११ हजार ६ सय ५८ जना क्वारेन्टिनमा रहेका छन्
सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























