देश/प्रदेश

राजेश पायल राईको नयाँ गीत ‘त्यो तिमी हौं’ सार्वजनिक

Banner

चितवन, भदौं ६-

राजेश पायल राईको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

‘त्यो तिमी हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ। रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखि सक्नु भएको छ । मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन्।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायांकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् । भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन्। भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>