Breaking News

चितवनमा फेरि थपिए १३ जना कोरोना संक्रमित, आज एकैदिन ४६ जनामा संक्रमण पुष्टि

Banner

चितवन, भदौं ६–

चितवनमा आज फेरि थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका चार जना र मकवानपुरका ९ जनासहित १३ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–१ का ४८ वर्षीय पुरुष, भरतपुर–८ का २७ वर्षीया महिला, भरतपुर–२३ का ६१ वर्षीय पुरुष र खैहरनी नगरपालिका–१२ का ३६ वर्षीय पुरुष रहेका छन् ।

त्यस्तै मकवानपुरको हेटौंडा–६ का चार महिला र एक पुरुष गरि ५ जना, हेटौंडा–४ का ५६ वर्षीय पुरुष, मनहरीका ६० वर्षीया महिला र लामसूर्य–९ का ३० र ६० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भदौं ४ गते गरिएको परीक्षणमा उनीहरुको नतिजा पोजिटिभ आएको हो । नयाँ ल्याबबाट परीक्षण गरिएकाले यी सबै पोजिटिभ पुष्टि भएका नमुनालाई पुनः एकपटक भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा परीक्षण गरिएको थियो । त्यहाँ नतिजा एउटै आएपछि चितवन मेडिकल कलेज आज औपचारिक रुपमा रिपोर्ट सार्वजनिक गरेको हो ।

अस्पतालका अध्यक्ष एवंम प्रवन्ध निर्देशक डा.हरिशचन्द्र न्यौपानेले ल्याबको विश्वसनियता चेकजाँचका लागि भरतपुर पठाइएकोमा सबैको नतिजा एउटै आएको बताए । उनले अबदेखि यहाँ परीक्षणको गरिएको नमुनाको नतिजालाई नै अन्तिम मानेर रिपोर्ट सार्वजनिक गरिने बताए ।

भदौं ४ गते कुल १३६ वटा नमुना परीक्षण गरिएकोमा १३ वटा पोजिटिभ र १२३ नमुनाको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>